
रोल्पा, १ भदौ ।
रोल्पामा जंगली च्याउ खाएर एकै घरका दम्पतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहीतकुमार शाहीका अनुसार मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–२ राङसी निवासी ८१ वर्षीय भागीराम वली र उनकी ७४ वर्षीया श्रीमती नर्मला वलीको निधन भएको हो ।
साउन २७ गते राति जंगली च्याउ सेवन गरेका उनीहरू बिरामी परेपछि प्रारम्भिक उपचारपछि साउन २९ गते थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो ।
प्रतिष्ठानमा उपचारकै क्रममा नर्मला वलीको शनिबार बिहान र भागीराम वलीको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।



लाइभदाङ । १ भाद्र २०८२, आईतवार १९:४७ बजे