तुलसीपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

तुलसीपुर, ३ माघ ।
दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा न. १० र तुलसीपुर १७ मा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मंगलबार राति तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा राति १० बजेतिर मोटरसाईकलको ठक्करबाट घाईते भएका सोही ठाउँका ५९ बर्षीय हाउले चौधरीको मृत्यु भएको हो । उनलाई उपचारकालागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।


ठक्कर दिने मोटरसाइकलको नम्बर खुल्न सकेको छैन । त्यसकालागि सीसी क्यामेरा हेरेर पत्ता लगाउने तयारी भइरहेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका १७ का २४ वर्षिय सबिन चौधरीले आफैले चलाएको मोटरसाईकलल दुर्घटना हुँदा मृत्यु भएको छ । विजौरीदेखि डुरुवा सडकखण्डमा आफैले चलाएको रा ५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा घाइते भएका सविनको उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको हो ।