दाङ क्षेत्र नं. २ को मतगणना सुरु

दिपक बोहरा,
दाङ, ५ मंसिर ।
दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । दिउँसो साढे १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन कृपाशुर काकीले बताए ।

क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो । क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।


तुलसीपुरमा गठबन्धनबाट माओवादी केन्द्रका रेखा शर्मा, एमालेबाट शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विशाल अधिकारी चुनाबी मैदानमा छन् ।