टरिगाउँ खानेपानीमा काँग्रेस र माओवादी गठबन्धन, एमाले र रास्वपा एक्लै

तुलसीपुर, २९ साउन । टरिगाउँ–हरिपौरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि माओवादी केन्द्र र काँग्रेसले चुनाबी गठबन्धन गरेका छन्, भने एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने एक्लै चुनाबी मैदानमा होमिएका छन् ।

काँग्रेसले अध्यक्ष र कोषाध्यक्ष तथा माओवादी केन्द्रले उपाध्यक्ष र सचिब पद लिएर गठबन्धन गरका हुन् । जसमा अध्यक्षमा काँग्रेसका डिल्ली बहादुर बस्नेत, उपाध्यक्षमा माओवादी केन्द्रका डिला केसी, सचिवमा माओवादी केन्द्रका हरिचरण चौधरी, कोषाध्यक्ष काँग्रेसका श्याम कुमार आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा पनि काँग्रेस र माओवादी केन्द्रले भागबन्डा गरेका छन् । जसमा हेमबहादुर बस्नेत, पूर्ण बहादुर वली, गजाधर चौधरी, तुलसी केसी, र सावित्रा भण्डारी रहेका छन् ।

त्यसैगरी एमालेबाट अध्यक्ष देबहादुर डाँगी, उपाध्यक्ष कमला खत्री, सचिव खगेन्द्र अधिकारी, कोषाध्यक्ष खोपीराम डाँगी, सदस्यहरुमा प्रचण्ड अधिकारी, सत्यराम चौधरी, केदार नेपाली, शिला दहाल ९खत्री० र कालिका पाण्डे रहेका छन् ।


त्यस्तै स्वतन्त्र पार्टीबाट अध्यक्षमा शरद वली, उपाध्यक्ष मोतिकला वली, सचिव टंक नेपाली, कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, सदस्यहरुमा भेषराज आचार्य (सुनिल) बोधराज बस्नेत (गोरी) अशोक कुमार शर्मा, पार्वती अधिकारी, (बिसी) र सिता नेपाली उम्मेदवार रहेका छन् ।

खानेपानीको भदौ ६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ९ सदस्य कार्य समितिका लागि तीन दलबाट २७ जनाको उम्मेदवारी परेको छ । खोपानी आयोजना क्षेत्रमा ७ सय १४ जना मतदाता संख्या रहेका छन् । जुन तुलसीपुर ११ र १२ नम्बर वडाका हुन् ।