तुलसीपुर नगरस्तरिय प्याव्सन कप आजदेखि शुरू

दाङ, ०९ पुस ।
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) तुलसीपुर नगर समितिले नगरस्तरिय प्याब्सन कप शुरू गरेको छ ।

प्याव्सन तुलसीपुर नगरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षता तथा प्याव्सनका पुर्व सल्लाहकार नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

बेलझुण्डी रंगशालामा संचालन भएको प्रतियोगितामा ३४ वटा विद्यालय सहभागी भएका छन् ।

आधारभुत तह चौथो छात्र फुटबल तथा छात्रा एथलेटिक्स प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता १२ गतेसम्म संचालन हुनेछ ।


प्याव्सन दाङका प्रमुुख सल्लाहकार मधुसूदन केसीले जीवन नै खेल भएको र खेलकुदले अनुशासन,धैर्य गर्न सिकाउने बताउनुभयो ।

तुलसीपुर नगर प्याव्सनका सल्लाहकार गिरीराज डाँगीले खेलमा जित हार हुने र सिकाई हुने बताए।

नगर उपाध्यक्ष बिष्णु योगीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण नगर सचिव कमल सापकोटाले गरेका हुन् ।