आज शनिबार तपाईको राशिफल

मिति २०८२ साउन ३१ गते ।

मेष :आज आत्मविश्वास बढ्नेछ, अध्ययन–अध्यापन वा रचनात्मक कार्यमा मन जानेछ। पारिवारिक आत्मीयता र शुभचिन्तकको साथ पाउने दिन हो। इच्छाएको काम पूरा हुने सम्भावना छ, तर कार्य गर्दा हतार नगर्नुहोस्।

वृष : बिहान खर्च वा मानसिक तनावको संकेत देखिन्छ। आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्। दिउँसोबाट परिस्थितिमा सुधार आउनेछ र नयाँ ज्ञान वा कलात्मक काममा रुचि बढ्नेछ।

मिथुन : आम्दानीको नयाँ बाटो खुल्नेछ। रोकिएका काम बन्ने सम्भावना छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस्। यात्रा वा स्थान परिवर्तनको योग पनि छ।

कर्कट : आज तपाईंको बोली र व्यवहारबाट धेरैको मन जित्न सक्नुहुन्छ। पुरानो समस्या समाधान हुने संकेत छ। सम्मान, अवसर र सामाजिक प्रतिष्ठा बढ्नेछ।

सिंह : सुरुवातमा अलिक अलमल भए पनि दिउँसोतिर भाग्यले साथ दिनेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागिता हुने सम्भावना छ। मनको शान्ति र आत्मबल बढ्नेछ।

कन्या : स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्। काम पूरा गर्न समय लागे पनि अन्ततः सफलता पाउने दिन हो।


तुला : मनोरञ्जन र रमाइलो भेटघाटको दिन। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। तर दिउँसोतिर स्वास्थ्यमा कमजोरी वा अनावश्यक खर्च बढ्न सक्छ, सावधान रहनुहोस्।

वृश्चिक : रोकिएका काम बन्नेछ, चुनौती पार गर्न सक्ने क्षमता देखिनेछ। आर्थिक लाभका साथै नयाँ योजनामा हात हाल्ने अवसर प्राप्त हुनेछ।

धनु : सुखद समाचार प्राप्त हुनेछ। अध्ययनमा प्रगति, प्रतिस्पर्धामा सफलता र सम्मान पाउने समय हो। कार्यक्षेत्रमा नयाँ अवसरको संकेत छ।

मकर : हतारमा निर्णय नगर्नुहोस्, अन्यथा समस्या बढ्न सक्छ। आर्थिक विषयमा सजग रहनुहोस्। दिउँसोतिर अवसरहरू प्राप्त हुने सम्भावना छ।

कुम्भ : कर्ममा लगनशीलता बढ्नेछ, जसको प्रतिफल रूपमा नाम, दाम र सम्मान पाइनेछ। साथीहरूसँग सन्तुलित व्यवहार राख्नु राम्रो हुनेछ।

मीन : परिस्थिति तपाईंको पक्षमा आउनेछ। भौतिक सुविधा, आम्दानी र अनुभव बढ्ने संकेत छ। परिवार वा साथीहरूसँग रमाइलो समय बित्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799