धारपानीमा जारी श्रींगारिक महाआरतीमा भोली करोड दिप प्रज्वलन हुने

विमल योगी
दाङ,२९ साउन ।
दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा भोली शुक्रवार करोड दिन प्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवं श्रीगारिक महाआरतीको औपचारिक समापन हुनु अघिल्लो दिन भक्तजन र मन्दिरको तर्फबाट एक रोड दिप प्रज्वलन गर्न थालिएको हो । दिउसो ४ बजेदेखि विधिपूर्वक सामुहिक लक्ष्यवर्तिका गरी वेलुकी साडे ६ बजे विश्वकै अग्लो त्रिशुल परिसरमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।

सामुहिक दिप प्रज्वलन कार्यक्रममा सहभागी हुनका लागि बिहिवार अपराहन्न ४ बजे सम्म मन्दिरमा बक्ती बुझाइसक्नुपर्ने छ । मन्दिरको प्रचार प्रसार र धार्मिक जागरणका लागि आयोजना गरिएको शिवपुुराण एवं श्रीगारिक महाआरतीमा हाल सम्म ६६ जनाले आरती, १० जनाले रुद्राअभिषेक, १५ जनाले लाखवक्ती बाल्ुनका साथै १४ जनाले ब्राहमण भोजन तथा प्रसादी वितरण गर्नुभएको छ ।


यसैविच बिश्वकै अग्लो त्रिशुल रहेको पाण्डवेश्वर महादेव धाम धारपानीमा सञ्चालन भैरहेको शिवपुराण तथा श्रींगारिक महाआरतीमा हुने करोड दिप प्रज्वलनमा सहभागी हुन सवै भक्तजनहरुमा आव्हान गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक बिज्ञप्ती प्रकाशित गरी मन्दिरले तेस्रो बर्ष आयोजना गरेको शिवपुराण तथा श्रींगारिक महाआरती अन्तरगत हुने एक करोड दिप प्रज्वलन कार्यक्रममा सहभागी हुन सवै भक्तजनलाई अनुरोध गर्नुभएको छ ।

करोड दिप प्रज्वलन पछि श्रींगारिक महाआरती,बिभिन्न साँस्कृतिक झाँकी लगायतका कार्यक्रम रहेको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।