बालिका बलात्कारमा युवकलाई १२ वर्ष कैद

दाङ, २९ साउन ।
दाङमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको दोषी ठहर गर्दै जिल्ला अदालतले एक युवकलाई १२ वर्ष कैद सजाय सुनाएको छ।

दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भनिने दिलीप बिकलाई १४ वर्षीया बालिकामाथि बलात्कार गरेको दोषी ठहर गर्दै जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले उक्त सजायसहित ५ लाख रुपैयाँ जरिवाना, ३० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने आदेश दिएको हो।


अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार, बिकले २०८१ साल बैशाख ६ गते बालिकामाथि बलात्कार गरेको उजुरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा दर्ता भएको थियो। प्रहरीद्वारा जेठ ५ गते पक्राउ परेका बिकविरुद्ध जेठ २९ गते जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको थियो।