दाङ २ बाट महरासहित तीन जनाको नाम सिफारिश

दाङ
२६ भदौ / नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरालाई दाङ २ बाट उम्मेदवारकालागि सिफारिश गरेको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि महरासहित पार्टीका स्थायी कमिटि सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिश गरेको नेता शेसुराम भण्डारीले जानकारी दिए । पार्टीको क्षेत्र नं.२ कमिटिको बैठकले तीन जनाको नाम सिफारिश गरेको हो ।


महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए, भने शर्मा समानुपातिक सांसद हुन् । त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं.३ बाट उम्मेदवार भएपनि हार ब्यहोरेका थिए ।

यस क्षेत्रबाट एमालेले शंकर पोखरेललाई एकल उम्मेदवारका रुपमा सिफारिश गरेको छ, भने काँग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिश गरेको छ ।