दाङमा बसकाे ठक्करबाट बालककाे मृत्यु

तुलसीपुर, २५ असाेज । बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएकाे छ । चितवनबाट बर्दिया तर्फ जादै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पूर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका वडा नं.३को अर्नहवा नजिक ठक्कर दिदा राप्ती गाउपालीका वडा नं. ६ सगरापुरका सन्दीप चोधरीका ४ बर्षीय छाेरा र्दुगा प्रसाद चौधरीको घटना स्थलमै मृत्युभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक पुरन मल्लले जानकारी दिए । ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले नियनत्रणमा लिएको छ। मृतकका आफन्तहरुले अहिले पूर्व- पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।