काठमाडौं उपत्यकाका जेष्ठ नागरिकले आज बुस्टर डोज लगाउन पाएनन्

काठमाडौं  २० पुस।

       कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउने आशामा मंगलबार बिहान १० बजे नै जेष्ठ नागरिक तथा दीर्घरोगीहरु निजामति अस्पतालको प्राङ्गणमा भेला भइसकेका थिए । खोप उपलब्ध नभएको भन्दै उनीहरुलाई अस्पतालले बुस्टर डोज नलगाइ फर्काइदियो । जसका कारण बुस्टर डोज लगाउने आशामा अस्पताल पुगेका उनीहरुको चाहना एकाएक निराशामा परिणत हुन पुग्यो ।


‘सोमबार सञ्चारमाध्यमबाट बुस्टर डोज खोप पाइने जानकारी पाएर लगाउन आएको थिएँ । तर, अस्पतालमा खोप नै आइपुगेको रहेन छ’ निजामति अस्पतालको प्रांगणमा बुस्टर डोज खोप पुगेका एक जेष्ठ नागरिकले गुनासो गरे ।