
तुलसीपुर, १९ साउन ।
आफ्नो कक्षामा सङै पढ्दै आइरहेको साथीको बुबाको असामयिक निधनको खबरले कस्लाई पो पीडा दिदैनर, त्यसै माथी घरको मुलि र आर्थिक उपार्जन गर्ने मुलिको नै दुःखद निधन भए पछि तुलसीपुर–११ कि उर्मिला चौधरीको आँखा अझै ओभाएका थिएनन् ।
मृत्यु आफैमा दुःखद हो र श्रृष्टिको नियम नै हो तर परिवारको आशा र भरोसा न हुँदा सबै शोक मा डुब्नु भएको थियो । तर साथीको नाता कति आत्मिय हुन्छ अनि दुःखको सारथि पनि ।
सोही दुःखमा मलम पट्टि बनेर आए उनै साथीहरू जब साथीहरुले थाहा पाए । हाम्रो साथी आदित्य चौधरीको परिवार मानसिक तथा आर्थिक संकटमा त्यसपछी लागे सहयोग जुटाउन । ‘त आट मात्र म पु¥याउछु’ भने जस्तै कक्षाको सहपाठी माया ओलीको नेतृत्वमा कक्षामा अनुपस्थित हुँदाको गयल रकम खाजा लिएर आएको पैसा र शिक्षकबाट लिएको सहयोग रकम जम्मा भयो तीस हजार पैतालिस । सो रकम आईतबार आदित्य चौधरीको घरमा पुगेर विद्यार्थीहरुले आदित्यको आमा उर्मिला चौधरीलाई हस्तान्तरण गरेका छन् ।
आदित्य चौधरीका बुबा तुल्सिराम चौधरीको दुबै मिर्गौला फेल भएर मृत्युु भएको थियो । आदित्यको आमा उर्मिला चौधरीले श्रीमानको उपचारको क्रममा धेरै रकम खर्छ भएको बताउदै दुःखको यस घडिमा सहयोग गरेकोमा धन्यवाद दिए ।



लाइभदाङ । २० श्रावण २०८२, सोमबार ०८:१२ बजे