हस्पिटल सञ्चालकको ‘संगीत यात्रा’

मोफसलमा पहिलो पटक कपाल प्रत्यारोपन हुने स्थान भनेको तुलसीपुर हो । तुलसीपुरको भ्याली सिद्धार्थ पोलिक्लिनिकमा कपाल प्रत्यारोपन गर्नेहरु आउने क्रम बढिरहेको छ । मोफसलमा अत्याधिक माग भएपछि करोडौं लगाउनीमा यो सेवा सुरु गर्ने हस्पिटलका सञ्चालक हुन्–कर्णबहादुर वली । जो तुलसीपुरका चर्चित हस्पिटल सञ्चालक मध्येका एक हुन् ।

उनै वली अहिले म्यूजिक क्षेत्रमा पनि क्रियाशिल हुन थालेका छन् ।‘हस्पिटल पनि सञ्चालन गरिरहेको छु, काठमाडौं भ्याली भन्दा बाहिर पहिलो पटक हामीले तुलसीपुरबाट यो सेवा सुरु गरेका छौं’, उनी भन्छन्‘यो संगै भर्खरैदेखि म म्यूजिक क्षेत्रमा पनि आबद्ध हुन थालेको छु ।’ उनको सानैदेखिको शोख पनि थियो ।

त्यसकै उपज अहिले उनी यो क्षेत्रमा आबद्ध भएको बताएका छन् ।उनका अहिलेसम्म बजारमा दुईवटा आधुनिक गीत आइसकेका छन् ।‘यो क्षेत्रमा मेरो सानैदेखिको रुची पनि हो, तर समय नभ्याउने कारणले गदौ गर्दा यसमा हात हाल्न सकेको थिएन’,उनले भने‘अहिले अलि फुर्सद छ, त्यसैले यो पेशा पनि अंगाल्दैछु ।’

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी वलीले आफ्नो पहिलो आधुनिक गीत‘नसोध भो’मा अभिनय गरेका छन् । त्यो गीतमा अभिनय गरेपछि धेरैले उनको अभिनयको प्रसंसा गरे ।

त्यसले उनलाई थप उर्जा प्रदान ग¥यो ।‘सुरुमै खेलेको गीतमा धेरै साथीहरुले मेरो अभियानको तारिफ गर्नुभयो’,उनले भने‘त्यसले पनि मलाई थप उर्जा प्रदान ग¥यो ।

त्यसपछि उनले संगीत क्षेत्रमै छाईराख्न मन लाग्यो । उनी फुर्सदमा होस्, वा अनुकूल परेको बेला शब्दहरु पनि कोर्ने गर्थे ।


द्रोस्रो आफ्नो संगीत यात्राको सहभागितामा उनले अभिनय मात्रै होईन्, आफ्ना मर्मस्पर्सी शब्दहरुको पनि सहभागिता गराए–‘तक्दिर’ मार्फत । ‘उस्कै माया किन लाग्छ, जो मेरो होईन्, त्यही मान्छे मान्छे दिलमा बस्यो जो तक्दिरमा छैन’ गीतका शब्दहरुमा भनिएको छ ‘भाग्य लेख्ने विधाताले लेख्नै भुले तिम्रो नाम । तिमि साथमै छैनौ अब संसारबाटै मुक्ति पाम ।’

यी गीतका शब्दहरु धेरैले मन पराएका छन् । वली भन्छन्‘टिकटकमा पनि त्यतिकै मन पराईएको छ ।’ प्रमोद खरेलले गाएको उक्त गीतमा रोसन सिंहले लय दिएका छन्, भने कर्णबहादुर वली र सुप्रिया खनालले अभिनय गरेका छन् ।

जुन गीतमा माया प्रेमको भावलाई समेटिएको छ । ‘यो गीतमा प्रमिका भिरबाट लडेर उनको टोउकोमो गम्भीर चोट लाग्छ, त्यसपछि उनले आफ्नो प्रेमीलाई चिन्न छोड्छिन्’, उनले भने‘ त्यसपछि उनी अर्कैसंग हिड्छिन्, यस्तै भाव बोकेको मार्मिक भाव छ ।’

उनले संगीत क्षेत्रलाई पनि पूर्ण समय नदिएपनि समय मिलाएर नियमित संगीत क्षेत्रमा आबद्ध भने भइरहने बताउछन् । शब्द लेखन तथा म्यूजिक भिडियोमा अभिनयलाई निरन्तरता दिने उनी बताउछन् ।भन्छन्‘म हस्पिटल सञ्चालक पनि भएकाले त्यता पनि ध्यान दिनुपर्छ,तर समय मिलाएर शब्द लेखन र अभिनयको कार्यलाई निरन्तरता दिनेछु ।’
संगीत भनेको मनोरञ्जनसंगसंगै सन्देश पनि प्रदान गर्ने माध्याम भएको समेत बताए । उनले आफूले शब्दहरु कोर्दा पनि सन्देश मुलक र बास्तबिकतामा आधारित भएर कोर्ने गरेको समेत बताए ।  प्रस्तुती:देवराज कडेँल      साभार : अग्रिम साप्ताहिक

May be an image of 3 people, people standing and text