
मिति २०८२ साउन १७ गते ।
मेष : धार्मिक कार्यमा मन जानेछ। मित्रताको अनुभव हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। खर्च सामान्यभन्दा बढी हुन सक्छ। वैदेशिक काममा प्रगति देखिन्छ।
वृष : आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन सकिनेछ। आफन्तसँग आत्मीयता बढ्नेछ। प्रतिष्ठा बढ्ने दिन हो। मनका कुरा बुझ्ने साथी भेटिन सक्छ।
मिथुन : मन थोरै अस्थिर हुन सक्छ। आन्तरिक द्वन्द्व देखिन सक्छ। आत्मनिरीक्षण र धैर्य आवश्यक छ। गोप्य कुरा गोप्य नै राख्नु राम्रो हुनेछ।
कर्कट : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। सहकर्मी र साथीभाइको साथ पाइनेछ। साझा प्रयास सफल हुनेछ। पारिवारिक वातावरण सकारात्मक रहनेछ।
सिंह : नेतृत्व क्षमता देखिनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। प्रशंसा पाइने सम्भावना छ। काममा आत्मबल र जोश रहनेछ। शत्रुहरू कमजोर हुनेछन्।
कन्या : बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। अध्ययन र लेखनमा सफलता मिल्नेछ। न्याय वा प्रशासनसम्बन्धी कार्यमा सकारात्मक संकेत देखिन्छ।
तुला : अप्रत्याशित लाभको सम्भावना छ। पुराना ऋण तिर्न सकिनेछ। भावना र यथार्थमा सन्तुलन आवश्यक छ। ध्यान र संयमले मन शान्त रहनेछ।
वृश्चिक : दाम्पत्य र साझेदारीमा संवेदनशीलता देखिन सक्छ। आत्मीय सम्बन्धको पुनःस्थापना हुने दिन हो। व्यवहारमा सन्तुलन कायम राख्नु आवश्यक छ।
धनु : नयाँ कार्य सुरु गर्न अनुकूल समय हो। समस्याको समाधानतर्फ उन्मुख हुनेछ। कार्यमा मन जानेछ। स्वास्थ्यमा पनि सुधार देखिन्छ।
मकर : मन रमाइलो बन्नेछ। सन्तान वा प्रेमसम्बन्धमा सुख मिल्नेछ। पारिवारिक तनाव केही देखिन सक्छ। सानो यात्रा वा घुमफिरको अवसर मिल्नेछ।
कुम्भ : घरपरिवारमा जिम्मेवारी बढ्नेछ। अचल सम्पत्तिबाट लाभ मिल्न सक्छ। अभिभावकसँग सम्बन्ध सुधार हुनेछ। घर परिवर्तनको संकेत देखिन्छ।
मीन : योजना कार्यान्वयनमा लाग्ने दिन हो। यात्राबाट लाभ मिल्नेछ। विवादबाट टाढा रहनु राम्रो हुनेछ। संचार र लेखनमा सफलता मिल्नेछ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । १८ श्रावण २०८२, शनिबार ०८:१३ बजे