राप्ती प्रादेशिक अस्पताललाई दुईसय सैया बनाईने

देउखुरी,२६ जेठ ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुइ सय सैयाको अनुमति दिइने भएको छ । प्रदेशको आगामी आर्थिक बर्षकालागि शुक्रबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।


अस्पतालमा हाल ५० सैयाको अनुमति भएपनि दुईसय सैयाको सञ्चालनमा छ । दुई सय सैया सञ्चालन भएपनि ५० सैयाको मात्रै जनशक्ति हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको थियो । अब भने अस्पतालले दुईसय सैयाकै जनशक्ति प्राप्त गर्नेछ ।