माओवादी केन्द्रद्वारा एसइईमा ‘एप्लस’ ल्याउने विद्यार्थीलाई सम्मान

तुलसीपुर, १० साउन ।
माओवादी केन्द्र तुलसीपुरले सामुदायिक बिद्यालयबाट एसइई परीक्षामा ए प्लस ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । शनिबार तुलसीपुरमा कार्यक्रम गरि उपमहानगरपालिका भित्रका ए प्लस ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

पार्टीका नगर अध्यक्ष मोहन थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि सम्मान गरिएको हो । विद्यार्थीहरूलाइ हौसला प्रदान गर्न यस्तो कार्यक्रम गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि मास्कीले अबको जनशक्ति स्वदेशमै आत्मनिर्भर बन्नु पर्ने बताए ।


कार्यक्रममा पार्टीका केन्द्रीय लेखा आयोग सदस्य रामबहादुर दहित’अञ्जान’, प्रदेश कमिटि सदस्य तथा तुलसीपुर नगरका सहईन्चार्ज खुसीराम चौधरी, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष झग्गु केसी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश उपाध्यक्ष मदन घर्तीलगायतले बधाई मन्तब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष अमर नेपालीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रको सहजीकरण सचिब शसिकिरण ढकालले गरेका थिए । तुलसीपुरका सामुदायिक बिद्यालयबाट ६१ जनाले एप्लस ल्याएका थिए । तुलसीपुरका २८ सामुदायिक बिद्यालयका १७३ विद्यार्थीले एसइई परीक्षा दिएका थिए ।