
दाङ, ८ साउन ।
वीर अस्पताल काठमाडौंमा कार्यरत वरिष्ठ नाक, कान, घाटि रोग विशेषज्ञ सर्जन डा.दिपेन्द्र गौतम दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा सुरु गर्नु भएको छ । गौतम बुधबारदेखि अस्पतालमा हाजिर भएर सेवा दिन सुरु गर्नु भएको हो । नाक, कान, घाटि रोग विशेषज्ञ भएर १५ बर्षदेखि काम गर्दै आउनु भएको छ । २०१० मा उनले एमडि गरेका हुन ।
वीर हस्पिटलमा १३ बर्ष काम गरेका गौतम नाक, कान, घाटि रोगको अनुभबि विशेषज्ञरुपमा परिचित हुनु हुन्छ । नेपाल सरकारको ११ औ तहमा नाक, कान, घाटि रोगको प्रमुख कन्सल्टेण्ट सर्जनको रुपमा कार्यरत हुनुहुन्छ । एशोसियट प्रोफेसर भएको ९ बर्ष भएका विशेषज्ञ चिकित्सक गौतमले नाक, कान, घाटि रोगका सानादेखि ठुला अप्रेसन अब प्रतिष्ठानमा हुने र जिल्ला बाहिर उपचारका लागि जानु नपर्ने बताउनु भयो । उहाँ वीर अस्पतालमा एमएस (ENT) बिभागको कोर्डिनेटर भई लामो समय काम गर्नु भएको हो ।
झापा घर भइ हाल काठमाडौं बस्दै आउनु भएका गौतम आफ्नो विशेषज्ञतामा राम्रो क्लिनिसियन र एकेडेमिसियनकोरुपमा चिरपरिचित हुनुहुन्छ । प्रतिष्ठानका उपकुलपति डा.बिकास लामीछानेले नेपाल सरकारको ११ औ तहमा कार्यरत विशेषज्ञ चिकित्सक प्रतिष्ठानको सर्त, नियममा रहेर काम गर्ने गरि दङ्गालिलाई सेवा गर्न आउनु भएको बताउनु भयो ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालले एकपछि अर्को गर्दै प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिदै गएको र दङ्गालिको घर आगनको अस्पताललाई सबै विशेषज्ञ राखेर बिरामीको उपचार गर्ने भरपर्दो थलोकोरुपमा बिकास गर्न लागि परेको जानकारी दिदै मुटु रोगको उपचारको लागि मुटु रोग विशेषज्ञसहितको क्याथेल्याब मेसिन पनि अब छिट्टै सन्चालनमा आउने बताउनु भयो ।



लाइभदाङ । ९ श्रावण २०८२, बिहीबार १९:५१ बजे