“यादहरुसँगै” लिएर आए केसी, प्रेम र सम्झनाले भरिएको आधुनिक गीत सार्वजनिक

काठमाडौ, ८ जेठ ।
नवगायक जँगदिप केसी को नयाँ आधुनिक गीत “यादहरुसँगै” सार्वजनिक भएको छ । गीत गायक केसिकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले युट्युब तथा सामाजिक सञ्जालमा दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।

प्रेम, विछोड, सम्झना र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा स्वर, शब्द तथा संगीत स्वयं जँगदिप केसिकै रहेको छ । गीतको संगीत संयोजन तिलक वलीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका छन् । गीतको भिडियोमा गायक केसिसँगै सन्ध्या रोका को अभिनय देख्न सकिन्छ । भिडियोमार्फत प्रेम र सम्झनाका भावनात्मक क्षणहरुलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।


भिडियो निर्देशन तुफान बुढाथोकीले गरेका हुन् भने छायांकन नवराज भण्डारी र राम बाबु नेपालीले गरेका छन् । आधुनिक संगीतप्रेमी दर्शक(श्रोताको मन छुने अपेक्षा गरिएको “यादहरुसँगै” गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको गायक केसिको भनाइ छ ।