आज बुधबार तपाईको राशिफल

मिति २०८२ साउन ७ गते ।
मेष : आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्।

वृष : काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक।

मिथुन : विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन राख्नुहोस्।

कर्कट : निजी भावना व्यक्त गर्दा सतर्क हुनुहोला। कार्यक्षेत्रमा असजिलो महशुस हुन सक्छ। घरपरिवारको सहयोगले मन शान्त रहनेछ।

सिंह : तपाईंको विचार र वाणीले अरूलाई प्रभावित पार्नेछ। अध्ययन, लेखन वा कन्सल्टिङ व्यवसायमा विशेष लाभ। यात्राको सम्भावना पनि छ।

कन्या : धनको आगमन हुने सम्भावना छ। नयाँ योजना सुरु गर्न सकिने समय हो। मनमा हल्का चञ्चलता रहन सक्छ, ध्यान केन्द्रित गर्नुहोस्।


तुला : चन्द्रमा तपाईंको राशिमा छन् – आत्मबल बढ्नेछ। प्रेम र सम्बन्धमा मिठास आउनेछ। तर, शारीरिक थकान र निद्रामा समस्या हुन सक्छ।

वृश्चिक : पुराना कुरा मनमा नलिनुहोस्। आज आत्मपरिक्षण गर्ने राम्रो समय हो। खर्च बढ्न सक्छ, आर्थिक निर्णय सोचेर गर्नुहोस्।

धनु : साथीभाइ र सामाजिक गतिविधिमा रमाइलो हुनेछ। भविष्यका योजनामा सफल हुने सम्भावना। प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ।

मकर : कर्म क्षेत्रमा चुनौतीहरू देखिए पनि परिश्रमको मूल्य पाइनेछ। वरिष्ठबाट सहयोग मिल्नेछ। परिवारका जिम्मेवारी बढ्न सक्छ।

कुम्भ : पठनपाठन, धार्मिक कर्म वा यात्रामा रुचि बढ्नेछ। गुरु वा वरिष्ठको सल्लाह उपयोगी हुनेछ। नसोचेको ठाउँबाट लाभ मिल्ने योग।

मीन : संयम आवश्यक छ। अरूको कुरामा बढी प्रभाव नलिनुहोस्। आर्थिक काममा ध्यान पुर्याउनुपर्छ। मानसिक तनाव भए पनि साँझपख शान्ति मिल्नेछ।
माधवा शर्मा
ज्योतिषचार्य तथा वास्तुविद्
9848060799