दिप्तीशिखा चौधरी
दंगीशरण, १३ जेठ ।
बाल विवाह न्यूनीकरणका लागि समाजमा सचेतना जगाउनुपर्ने एक कार्यक्रममा बोल्ने सहभागिहरुले बताएका छन् । बालबालीकाहरुको चेतनामा विकास नहुदा सम्म बालविवाह न्यूनीकरण गर्न नसकिने उनीहरुको तर्क थियो । दंगीशरण गाउँपालिकाको आयोजनामा आज गाउँपालीकामा सम्पन्न भएको बाल विवाह न्यूनीकरण लागि अभिमुखीकरण गोष्ठिमा सहभागिहरुले यस्तो बताएका हुन् । घर होस या विद्यालयमा होस् उनीहरुको सर्वागिन विकासमा परिवर्तन आउन जरुरी रहेको उनीहरुको तर्क थियो ।
विद्यालयहरुमा बाल क्लव , विद्यालयका स्काउट विद्यार्थी, रेडक्रसका विद्यार्थीहरुद्धारा सडक नाटक प्रस्तुत गर्ने , शुक्रवारीय वक्तृत्वकला, गाउँपालिका मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम, अभिमुखीकरण, गोष्ठि र महिला समूह मार्फत विभिन्न सचेतीकरणका कार्यक्रमहरु , प्रचार पम्प्लेट टास्ने लगाएतका कार्यक्रमहरुले निरन्तरता पाएमा यसको न्यूनीकरण गर्न सकिने उनीहरुको भनाई थियो । कार्यक्रममा महिला समूहकि विष्णा गौतम, जनता मा.वि बुटनीयाका प्रअ क्रिमलाल चौधरी, लक्ष्मी नारायण विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एंव वडा न. ५ का वडा सदस्य भूम प्रशाद देवकोटा लगाएतकाले आ-आफनो भनाइ राखेको थिए ।
कार्यक्रममा प्रशिक्षक किरण पोख्रेलले बालविवाह न्यूनीकरणका लागि रणनीतीक योजना, यसका चुनौती र समाधानका उपाय, बालविवाह के हो ?, यसको न्यूनीकरणका लागि सरोकारवालाहरुको भूमिका लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । यस्तै प्रशिक्षक लेखनाथ आचार्यले बालविवाहले समाजमा पारेको प्रभाव लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । गोष्ठिमा अभिभावक विद्यालय व्यवस्थापन समितीका प्रतिनिधि, शिक्षक, महिला समूह लगाएतको सहभागिता रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण महिला बालबालीका शाखाकि चन्द्रा वलीले गर्नुभएको थियो ।
लाइभदाङ । १३ जेष्ठ २०७९, शुक्रबार २०:०७ बजे