एकीकृत समाजवादीले सार्‍यो महाधिवेशन, जेठ ३ देखि हुने

????? (?????? ????????)??????? ???? ????????, ?? ?????? : ????? ?????????? ?????? (?????? ????????)?? ??????? ????????? ??????? ????????? ????? ??????? ???? ? ?????? : ?????? ???????/????

काठमाडौं, १९ मंसिर ।
नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

मदन–आश्रित स्मृति दिवसका अवसर पारेर एकीकृत समाजवादीले महाधिवेशन सुरू गर्न लागेको हो। महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको उनले बताए।

राष्ट्रिय महाधिवेशनभन्दा अघि प्रदेश, जिल्लालगायत अधिवेशन सकिने गरी कार्यतालिका जारी गरिने उनले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने एकीकृत समाजवादीको कार्यतालिका थियो।

यही मंसिर २८ र २९ गते सचिवालय बैठक बस्ने, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटव्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि भएको खतिवडाले बताए। साथै माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय एकीकृत समाजवादीले गरेको छ।


सचिवालय बैठकले राष्ट्रिय सम्मेलनमा विधानका कतिपय व्यवस्थाबारे छलफल गर्न एक कार्यदल बनाउने निर्णय पनि गरेको छ। उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनेको हो।

राष्ट्रिय सम्मेलनको व्यवस्थापन कमिटी पनि बनाइएको छ। गंगालाल तुलाधरलगायत रहेको कमिटी बनाएर जिम्मेवारी दिइएको उनले बताए।

दस्तावेज मस्यौदाका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको खतिवडाले बताए। पार्टीले संगठन सुदृढीकरणका लागि पनि अभियान सञ्चालनको तयारी गरेको उनले बताए।