नेपाल समाजवादी पार्टी दाङले बाम लोकतान्त्रिक गठबन्धनलाई सघाउने

तुलसीपुर,२६ असोज ।
नेपाल समाजवादी पार्टी दाङले बाम लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएको छ । पार्टीको मंगलबार बसेको बैठकले नेता तथा कार्यकर्ता गठबन्धनको तर्फबाट बनेका उम्मेदवारहरुलाई सघाउन निर्देशन गरेको छ ।

           


बैठक पछि जिल्ला इन्चार्ज हरि रिजाल र अध्यक्ष सुरेन्द्र प्रकाश चन्दले विज्ञप्ति निकालेर काँग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट बनेका उम्मेदवारहरुलाई विजय गराउने बताएको हो । उक्त पार्टीको नेतृत्वडा। बाबुराम भट्टराईले गरेका छन् ।