उच्च अदालत तुलसीपुरले ग¥यो एक दशकमै सबै भन्दा बढि मुद्दा फैसला

दीपक बोहरा
दाङ, ३२ असार ।
उच्च अदालत तुलसीपुरले एक वर्ष नाघेका सबै मुद्दा फैसला गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा एक बर्ष नाघेका सबै मुद्दा फैसला गरि शुन्यमा झार्न सफल भएको हो ।

उच्च अदालत तुलसीपुरमा सूचना अधिकारी मधुसुदन पन्थीका अनुसार सोही आर्थिक बर्षमा लक्ष्य भन्दा ४२ प्रतिशत बढि मुद्दा समेत फैसला भएका छन् । ८ सय ७१ मुद्दा फैसला गर्ने लक्ष्य लिइएकोमा १ हजार २ सय ४३ मुद्दा फैसला भएको सूचना अधिकारी पन्थीले बताए । उनका अनुसार आर्थिक बर्ष २०८०/०८१ बाट जिम्मेवारी सरि आएका ४ सय १४ र आर्थिक बर्ष २०८१/०८२ मा दर्ता भएका १०४३ थान गरि जम्मा १ हजार ४ सय ५७ दर्तामा थिए ।

ति मध्ये ८५.३१ प्रतिशत मुद्दा फर्छयौट गर्न सफल भएको सूचना अधिकारी पन्थीले बताए । दर्ता भएका मध्ये २ सय १४ थान मुद्दा मात्रै फर्छयौट हुन बाँकी छन् । ति मुद्दाहरुमध्ये अधिकांस इजलासमा अन्तिम फैसला गर्नकालािग प्रक्रिया नपुगेका मुद्दाहरु रहेको समेत सूचना अधिकारी पन्थीले बताए । यस बर्ष दर्ता भएका मुद्दाहरु मध्ये पनि ६ महिना नाघेका ४५ थान, ६ महिना भित्रका १ सय ६९ थान रहेका छन् । उच्च अदालत तुलसीपुरमा आर्थिक बर्ष २०७२/०७३ देखि स्थापना भएको हो । स्थापनादेखि हालसम्मको तथ्यांक हेर्दा सबै भन्दा बढि यस पटक नै फर्छयौट भएको सूचना अधिकारी पन्थीले बताए । यो विगत एक दशककै बढि मुद्दा फैसला हो ।


आर्थिक वर्ष २०७५/०७६ मा पनि एक बर्ष नाघेका मुद्दाहरु शून्य भएका थिए । तर, अहिले मुद्दा दर्ताको अनुपातमा बढि फैसला भएको उनको भनाई छ । अदालतहरुमा डीसीएम प्रणाली लागु भएपछि मुद्दाहरु लामोसमय सम्म फैसला नहुँने समस्याको अन्त्य भएको हो ।

उच्च अदालत तुलसीपुरको कार्यक्षेत्र दाङ,प्युठान,रोल्पा र रुकुमपूर्व रहेका छन् । त्यस्तै मातहतमा बुटवल र नेपालगञ्ज इजलास रहेका छन् ।