आज बुधबार तपाईंको राशिफल

मिति २०८२ असार ३२ गते । 

मेष-साथीसङ्गत र सामाजिक काममा मन जानेछ। बुद्धिको प्रयोग गरेर काम गर्दा सफलता मिल्नेछ। बोलीमा मधुरता राख्नुहोस्।

वृष-काममा प्रशंसा पाइनेछ। परिवार र साथीको साथ मिल्नेछ। अरुलाई सहयोग गर्दा फाइदा हुनेछ।

मिथुन-नयाँ कुरामा सिक्ने अवसर मिल्नेछ। विदेश वा उच्च अध्ययनको योजना बनेको छ भने अगाडि बढ्न सकिन्छ। आत्मविश्वास बढ्नेछ।

कर्कट-अलिकति चिन्ता बढ्न सक्छ। ऋण वा सम्पत्तिको कुरामा सतर्क रहनुहोस्। नकारात्मक सोच त्याग्नुपर्छ।

सिंह-साझेदारीमा लाभ मिल्नेछ। घरपरिवारमा खुसी बढ्नेछ। प्रेममा गहिरो समझदारी हुनेछ।

कन्या-स्वास्थ्यमा कमजोरी आउन सक्छ। काममा ढिलाइ हुन सक्छ। व्यवस्थित ढंगले काम गर्नु उपयुक्त हुन्छ।


तुला-मन रमाउनेछ। पढाइ र सिर्जनामा राम्रो ध्यान लाग्नेछ। प्रेममा मिठास आउने दिन।

वृश्चिक-घरपरिवारमा सानोतिनो झगडा हुन सक्छ, तर सम्झदारीले मिलाउन सकिन्छ। बोल्दा सजग रहनुहोस्।

धनु-सन्देश, लेखन वा पढाइमा राम्रो दिन। सानो यात्राको सम्भावना। आत्मबल बढ्नेछ।

मकर-धन आउन सक्छ तर खर्च पनि बढ्न सक्छ। परिवारमा सामान्य असमझदारी हुन सक्छ। संयमित व्यवहार आवश्यक छ।

कुम्भ-चन्द्र–शनि सँगै भएकाले मन अलिक गम्भीर हुनेछ। काममा ध्यान दिन गाह्रो हुन सक्छ। एकान्त वा ध्यान फाइदाजनक।

मीन-गोप्य कुरा लुकाउनु पर्ला। विचारमा चञ्चलता आउन सक्छ। नकारात्मक सोच हटाएर सकारात्मक कार्यमा लाग्नु राम्रो।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799