अग्रिम साप्ताहिक तेस्रो वर्षमा प्रवेश

तुलसीपुर, १२ भदौ ।
दाङको तुलसीपुरबाट प्रकाशित अग्रिम साप्ताहिक तेस्रो वर्षमा प्रवेश गरेको छ । प्रत्येक हप्ता सोमबार प्रकाशित हुने उक्त पत्रिका यही भदौ दोस्रो सातादेखि तेस्रो वर्षमा प्रवेश गरेको हो । पत्रिकाको ‘न्यूज पोर्टल’ www.livedang.com पनि सञ्चालित रहेको पत्रिकाका प्रकाशक दीपक बोहराले बताए । पत्रिका छोटो समयमा स्थापित भएको समेत उनले बताए । ‘स्वाधीनता, समृद्धि र समाजवादको यात्रा’ नाराकासाथ सञ्चालित उक्त मिडियाले पिछडिएका समुदायको आवाजलाई बोलेको बताए ।

मुलुक संघीयतामा गएसंगै पत्रकारिताको पनि फरक अभ्यास गरिएको सम्पादक अनिता पोख्रेलले बताईन् । विज्ञान, प्रबिधिको विकासंगै डिजिटल मिडिया अगाडी आएको भएपनि छापा माध्यमका आफ्नै विशेषता रहेको भन्दै उनले भनाई छ ।


पत्रिकाको सम्पादकमा अनिता पोख्रेल, प्रवन्ध निर्देशकमा हरिश गिरी तथा सहसम्पादकमा दुर्गा विक रहेका छन् ।