तुलसीपुर खानेपानी निर्वाचन : २२०० मत गन्दा भण्डारीको प्यानलको अग्रता कायम

तुलसीपुर
१८ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनको मतपरिणाम अनुसार ९ दलिय गठबन्धनले अग्रता कायम गरेको छ । अध्यक्षमा यमकान्त भण्डारीले १०१२ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी पवनराज बुढाथोकीले ८५८ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार दीपक कुमार धितालले १३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा सीताराम शर्माले ११६७ मत प्राप्त गरेका छन्, भने उनका निकटतमप्रतिद्वन्दी गिरीधारी प्रसाद पौडेलले ७११ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार पूर्णप्रसाद धितालले २७ मत प्राप्त गरेका छन् ।

यस्तै सचिबमा सेवकराम भण्डारीले १४२६ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी दामोदर लामिछानेले ३२४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा भद्रबहादुर वलीले ८२३ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी भोलाप्रसाद थापाले ८१५ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षका उम्मेदवार मेघराज न्यौपानेले १४० मत प्राप्त गरेका छन् भने कर्णबहादुर वलीले ३६ मत प्राप्त गरेका छन् ।सदस्यहरुमा लक्ष्मण केसीले १३१५ मत प्राप्त गरेका छन्, पदमबहादुर खड्काले १०६७ र शोविन्द्र चन्दले ६१४ मत प्राप्त गरेका छन् ।


गठबन्धनले अध्यक्षमा काँग्रेसका भण्डारी,उपाध्यक्षमा माओवादी केन्द्रका शर्मा, सचिबमा एमालेका भण्डारी, कोषाध्यक्षमा विप्लव नेकपाका भद्रबहादुरलाई उम्मेदवार बनाएको थियो । त्यस्तै सदस्यहरुमा राप्रपाका लक्ष्मण केसी र समाजवादीका पदमबहादुर खड्कालाई उम्मेदवार बनाएको थियो ।

अध्यक्षमा काँग्रेका बुढाथोकीले वागी उम्मेदवार हालेका थिए, भने उपाध्यक्षमा काँग्रेसका दुईजना, सचिबमा एमालेका लामिछाने र कोषाध्यक्षमा काँग्रेसकै न्यौपाने र थापा एवं सदस्यमा शोविन्द्र चन्दले राजनीतिक दलका विरुद्ध उम्मेदवारी हालेका थिए। कोषाध्यक्षका उम्मेदवार कर्णबहादुर वलीले भने आफ्नो समर्थन गठबन्धनको आधिकारिक उम्मेदवारलाई दिएका थिए ।

May be an image of text that says 'तुलसीपुर खानेपानी निर्वाचन अपडेट पद 000 अध्यक्ष अध्यक्ष अध्यक्ष नाम दीपक कुमार धिताल यमकान्त भण्डारी पवनराज वुढाथोकी उपाध्यक्ष उपाध्यक्ष उपाध्यक्ष सीताराम शमा X02 गिरीधारी प्रसाद पौडेल 268 699 と 99660 पूणप्रसाद धिताल १३ Ll १४९ १४2६ सचिव सचिव सेवकराम मण्डारी दामोदर लामिछाने कोषाध्यक्ष मेघराज न्यौपाने कोषाध्यक्ष भद्रवहादुर ओली कोषाध्यक्ष कणवहादुर वली कोषाध्यक्ष भोलाप्रसाद थापा सदस्य सदस्य सदस्य 83 980 ሄን६ 123 Lo 3€ 382 48 222 70€0 १ん४ Vay વとধ Σላν पदमवहादूर खड़का लक्ष्मण केसी शोविन्द्र चन्द्र Camera Triple livedang. www.livedang.com/ साप्ताहिक OOO Samsung अग्रिम'