
तुलसीपुर, २९ असार । दाङ निवासी डा. विपी भुषालले ‘मेरो चोखो सिउँदो’ गीत बजारमा ल्याएका छन् ।
जुन गीतमा गायिका माण्डवी त्रिपाठीले श्वर दिएकी छन्, भने प्रभु श्रेष्ठ र सविता श्रेष्ठले अभिनय गरेका छन् । जसमा सङ्गीत, एरेन्ज र वाद्य संयोजन बिपिन आचार्यले गरेका छन् ।
विजय रुम्बाको निर्देशन र छायाङ्कनमा बनेको भिडियोमा कोरियोग्राफर सुजाता थापा मगरले गरेकी छन्।
गीतमा अतिथि कलाकारको रूपमा कमल श्रेष्ठ रहेका छन्। यो गीतमा मौलिकता रहेको छ । गीत लोकलयमा आधारित छ, भने आधुनिक स्वाद मिसिएको छ ।



लाइभदाङ । २९ असार २०८२, आईतवार ०९:१६ बजे