लक्ष्मी माविको भवन अनुगमन

तुलसीपुर,६ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ स्थित लक्ष्मी माविमा निर्माण भएको ३ कोठे भवनको अनुगमन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, अनुगमन समितिका सदस्य हुमकान्त सापकोटासहितको टोलीले अनुगमन गरेको हो ।


३० लाखको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणको अबस्था,प्रगतिलगायतका विषयमा अनुगमन गरिएको हो ।