राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

तुलबहादुर कवँर मगर
मसुरीया, १२ साउन ।
दाङको राप्ती गाउँपालिकाले साउन १३ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुड़िया पर्व र हिन्दू धर्मावलम्बीहरूको नागपञ्चमी पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।


गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै बिदासम्बन्धी जानकारी दिएको छ। सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय,सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा गाउँपालिका मातहतका अन्य निकायहरूमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहनेछन्।