जबज मान्ने पार्टीका नेताले ‘टु पार्टी सिस्टम’को बहस गर्न मिल्छः मास्की

तुलसीपुर, ११ पुस । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले जनताको बहुदलिय जनवाद(जवब) मान्ने पार्टीका नेताले‘टु पार्टी सिस्टम’को बहस गर्नु गलत भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र तुलसीपुर १८ को नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा उनले दुई पार्टीको मात्रै सिन्डिकेट लाद्ने गरि एमालेका नेताले उठाएको बहसले गलत राजनीतिक अभ्यास तथा उपलब्धि माथि धावा बोल्ने कार्य भएको बताए ।“एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जबज मान्छ, त्यसले सबै पार्टीको अस्तित्व स्वीकार्छ”,उनले भने“तर, एमाले महासचिब शंकर पोखरले, जो जबजको ब्याख्याताको रुपमा आफूलाई परिचित गर्नुहुन्छ, उहाँले नै दुई वटा पार्टी भन्दा राजनीतिक दल चाहिदैन, भनेर बहस गर्नुहुन्छ, त्यो भनेको निर्दलिय ब्यबस्था फर्काउने खोजेको होईन् ?”
जबज मान्ने पार्टीले टु पार्टी सिस्टमको बहस छेड्नु नै गलत भएको उनको तर्क थियो ।

साथै उनले दुई ठूला पार्टी मिलेर लामो त्याग, बलिदानीबाट प्राप्त संविधानलाई संसोधन गर्न खोजेको भन्दै त्यो माओवादी केन्द्र विना सम्भव नहुँने समेत बताए ।


साथै उनले माओवादी केन्द्र ०८४ मा एक्लै लड्ने गरि तयारी गरको समेत बताए ।

कार्यक्रममा माओवादी केन्द्रका सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, लेखा समिति सदस्य तथा दाङ जिल्ला सहइन्चार्ज रामबहादुर दहित, वातावरण विभाग सदस्य डिल्ली बहादुर रावत, तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारी, सहइन्चार्ज चित्रबहादुर खड्का, नगर अध्यक्ष मोहन थापालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विष्णु चौधरीले गरेका थिए ।