
तुलसीपुर, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा दाङको तुलसीपुरमा १० हजार बढि हस्ताक्षर संकलन भएको छ ।
पार्टीका जिल्ला सहसचिब क्षेत्र खड्काका अनुसार तुलसीपुरका तीन ठाउँबाट विहीबारसम्म १० हजार बढिले हस्ताक्षर गरेका छन् । तुलसीपुरको बाहिनी चोक, बसपार्क र घोराही रोडमा हस्ताक्षर संकलन भइरहेको छ ।
यस क्षेत्रका नेताहरु संगीता खड्का, जीवन भण्डारीलगायतको सहभागितामा हस्ताक्षर संकलन कार्य निरन्तर भइरहेको छ । स्वतस्फुर्त रुपमा हस्ताक्षर गर्न आइरहेको सहसचिब खड्काले बताए ।




लाइभदाङ । २० असार २०८२, शुक्रबार १०:०४ बजे