तुलसीपुर ४ ले ग¥यो‘फोरजीपीए’ ल्याउने विद्यार्थीलाई सम्मान

तुलसीपुर, १९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ ले ‘फोर जीपीए’ ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि सार्वजनिक भएको एसइई नतिजामा फोर जीपीए ल्याउने वडाका चार जना विद्यार्थीलाई सम्मान गरेको हो ।

सामुदायिक विद्यालयका एक जना र निजि विद्यालयका तीन जनाले फोर जीपिए ल्याएका थिए । गुरुजजुर मावि रक्षाचौरका टोपबहादुर पुन, बाल साहारा इग्लिस बोर्डिङ स्कुलका शिखा विक,साधना अधिकारी र हरिकला घर्ती मगरलाई सम्मान गरिएको हो । वडाध्यक्ष तुलसी थापासहित वडा सदस्यहरु, वडा सचिबसहित कर्मचारीहरुले सम्मान ब्यक्त गरेका हुन् ।


वडाबाट चार जनाले फोर जीपीए ल्याउने कुराले वडाको गौरब बढाएको वडाध्यक्ष थापाले बताए । उनले यो नतिजालाई निरन्तरता दिन पनि विद्यालयहरुलाई सुझाब दिए ।