
दाङ, १८ कात्तिक ।
घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डी रंगशालाको गेट नजिक ना.६ ख ४७७० नम्बरको सोना श्री सिमेन्ट बोकेको ट्रक सोमबार राति दुर्घटना भएको छ।
स्थानीयका अनुसार ट्रक सडकको मोडमा नियन्त्रण गुमाएर सडक छेउमा पल्टिएको हो। दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक र त्यसमा रहेको सिमेन्टमा क्षति पुगेको बताइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले राति नै स्थल पुगेर ट्रक र मालसामानको सुरक्षासहित ट्राफिक अवरोध हटाउने कार्य गरेको जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । १९ कार्तिक २०८२, मंगलवार १०:०३ बजे