सुनमा विलासिता कर लगाउनु गलत हो : केसी

तुलसीपुर, १८ असार ।
पुर्व स्वास्थ्यराज्य मन्त्री हिराचन्द्र केसीले सरकारले सुनका गरगहनामा विलासिताको कर लगाउनु उचित नभएको बताउनु भएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुर र नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीले आज (बुधवार) तुलसीपुरमा आयोजना गरेको सुनमा करको असर उपभोक्ता मारमा ,व्यापार संकटमा विषयक सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले बताउनु भएको हो ।

राज्यले मानव जिवन संग जोडिएको सुनका गरगहनामा दुई प्रतिशत बिलासिता कर र हिरा तथा बहुमुल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउनु उचित नभएको भन्दै यसलाई सच्याउनु पर्ने उहाले बताउनु भयो । राज्यको यो नितिले आम उपभोक्ताहरु र व्यवसायीहरु मारमा पर्ने भएको भन्दै यो निर्णय सच्याउनु पर्नेमा उहाले जोड दिनु भएको छ ।

साथै उहाले सुनचाँदी व्यवसायीहरुले उठाएका मागहरु जायज भएको बताउदै यसमा राज्यले सुनुवाई गर्नुपर्ने बताउनु भएको छ । संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख बक्ता शुसीलले बस्नेतले व्यवसायीहरुको मागलाई सम्वोधन गर्नुपर्ने बताउनु भएको छ । विगत लामो समय देखी चरणबद्ध आन्दोलनमा रहेका व्यवसायीहरुको अहिले सम्म माग सम्वोधन नभएको भन्दै अब सिंहदरबार केन्द्रित आन्दोलन गर्न सुझाव दिनुभयो । सरकारलाई दबाबमुलक सिंहदरबार केन्द्रित आन्दोलनले मात्रै मागहरु सम्वोधन हुने भन्दै सोहि अनुसार सशक्त बनाउन सुझाव दिनुभयो ।

सो अवसरमा उपभोक्ता हित संरक्षण मन्चका केन्द्रिय उपाध्यक्ष केशव शर्मामज्गैया र बरिष्ठ पत्रकार तथा नागरिक समाज दाङका पुर्व संयोजक टिकाराम रेग्मीले राज्यले उपभोक्ताको अधिकारलाई ख्याल गर्नुपर्नेमा जोड दिनु भएको छ । राज्यले निति बनाउदा आम नागरिकलाई मर्का नपर्ने गरी बनाउनु पर्ने बताउदै यस प्रति निर्णय सच्याउनु पर्ने उनीहरुले माग गरेका छन् ।


नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीका अयष विनोद विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु लोक बहादुर स्वर्णकार, मदन केसी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, चेम्वर अफ कर्मश तुलसीपुरका उपाध्यक्ष सन्तोष खड्का, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसी,नेपाल उद्योग व्यापार महासंघ तुलसीपुरका अध्यक्ष वेद प्रकाश वली, नेपाल उद्योग तथा व्यवसाय महाहसंघ तुलसीपुरका अध्यक्ष पदम पोख्रेल (जेठुकान्छु), तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरका सल्लाहकार जोगेन्द्र विश्वकर्मा लगाएतले आन्दोलन प्रति एक्यबद्धता जनाउदै राज्यले व्यवसायीको मागलाई सम्वोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश सभापति धुव्र कुमार गहतराजले विषयबस्तु प्रकाश गराउनु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य बस्तुमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा व्यवसायीहरू असार १३ गतेदेखी पसल बन्द गरेर आन्दोलित हुदै आएका छन् ।