
भालुवाङ, १७ असार ।
दाङ देउखुरीको राप्ती गाउँपालिकाका वडा नम्बर २ का निर्वाचित वडा सदस्य टेकबहादुर रावतको आज विहान निधन भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ मुक्तिनगर निवासी अन्दाजी ६५ वर्षिय रावतको विहान ४ः३० बजे आफ्नै निवासमा निधन भएको वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिए । विहान शौचालयबाट निस्केपछि एक्कासी टाउको दुखेर मुर्छा परेका उनको निधन भएको वडा अध्यक्ष चौधरी बताए ।
रावतलाई भालुवाङ अस्पताल लगिए पनि उनको अस्पताल पुग्नु भन्दा पहिले नै निधन भइसकेको डा. अशोक बेल्वासेले बताए । रावतको निधन उच्च रक्तचाप अर्थात हटेट्याकका कारण भएको हुन सक्ने डा. बेल्वासेले बताए ।
वडा सदस्य रावतको दुःखद निधन प्रति वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीले शोक व्यक्तव्य जारी गरी मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहरो समवेदना प्रकट गरेका छन् । यसै बिच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक र ९ वटै वडाका वडा अध्यक्ष,सदस्य तथा विषयगत शाखाका प्रमुखहरुले समेत दुःख व्यक्त गरेका छन् ।



लाइभदाङ । १७ असार २०८२, मंगलवार ०९:३२ बजे