
नेत्रलाल भट्टराई(नारायण)
न्युनतम शुल्कमा गुणस्तरीय शिक्षाको पर्यायवाची ग्रेट अरनिको मावि तुलसीपुर दाङले बिगत २८ वर्ष देखि अनवरत रुपमा न्युनतम शुल्कमै पनि गुणस्तरिय शिक्षा दिन सकिन्छ भन्ने बलियो उदाहरण दिएको छ। विशेष गरि पश्चिम दाङ, बाँके, सल्यान, रोल्पा, रुकुम, जाजरकोटलगायत साबिक राप्ती र कर्णाली प्रदेशबाट विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन।
शान्त वातावरण, दक्ष प्राध्यापक, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रस्तुति, प्रयोगात्मक कक्षालाई बढी फोकस, विद्यार्थी मैत्री वातावरण र उत्कृष्ट नतिजाका कारण आम विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको छ।
कक्षा ११ र १२ मा बिज्ञान विषय, ब्यबस्थापन विषय तर्फबाट कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, फाइनान्स, बिजनेस लगाएतका विषय अध्यापन गरिन्छ भने कानुन, मानविकि, शिक्षा संकायमा पनि आफुले रोजेको अतिरिक्त विषय छान्न पाउने मौका पाउँछन्।
एसइइ र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा गणना हुने ग्रेट अरनिको माविमा विभिन्न बिधा जस्तैः एसइई नतिजामा उत्कृष्ट ग्रेड, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट, खेलकुदमा राम्रो, अनुशासन र पढाईमा अब्बल, आर्थिक अवस्था कमजोर भयका विद्यार्थीहरुलाइ विभिन्न छात्रवृत्तिको पनि ब्यबस्था गरेको छ। विद्यार्थीको रोजाइ र क्षमता अनुसार नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पढाई हुने र यातायातको समेत राम्रो ब्यबस्था भएकोले विद्यार्थीहरुको रोजाइमा परेको छ। (लेखक ग्रेट अरनीको माविका कार्यक्रम निर्देशक हुन् ।)



लाइभदाङ । १६ असार २०८२, सोमबार २२:३४ बजे