दंगीशरणमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

दंगीशरण, २२ मंसिर ।
दंगीशरण गाउँपालिकाको आयोजनामा स्थानिय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुकालागी आयोजना गरीएको ४ दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिमको बुधबार एक औपचारिक कार्यक्रमका बिच समापन गरीएको छ ।

                               

गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व बिकासमा टेवा पु¥याउन तालिमको आयोजना गरीएको दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्काले बताउनुभयो


गाउँपालिका उपाध्यक्ष पिमा खड्काको शभापतीतत्वमा ४ दिने तालिमको बुधबार एक कार्यक्रमका बिच समापन गरीएको हो । समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष खड्काले महिला जनप्रतिनिधिहरुको ब्याक्तित्व विकास गर्न ४ दिने तालिम फलदायी भएको बिश्वास ब्यक्त गर्नुभयो । राज्यको मुल प्रवाहमा महिला नेतृत्व आउनु पर्ने र महिलाहरुको नेतृत्व विकासमा आफु सदैब लागी परेको बताउनुभयो ।

समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि ,योजना अधिकृत लेखनाथ आचार्य लगाएतको सहभागीता रहेको थियो । महिला बालबालिका शाखाकि प्रमुख सुन कुमारी घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण शाखाकि महिला विकास सहायक निरीक्षक चन्द्रा वलिले गर्नु भएको थियो ।