तुलसीपुरमा १५ बर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

तुलसीपुर, १६ असार ।
दाङ तुलसीपुरमा १५ बर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ का ३८ वर्षीय चन्द्र मगर पक्राउ रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार पीडितको जाहेरीका आधारमा मगरलाई गत शुक्रबार पक्राउ गरिएको हो । इप्रकामा आएर पीडित किशोरीले सोही दिन मगरका बिरुद्ध किटानी जाहेरी दिएकी थिइन । पीडित बालिकाले मगरले धम्की दिएर जबरजस्ती आफ्नो घरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् ।


आरोपी मगरका बिरुद्ध जिल्ला अदालतबाट म्याद थप भइ घटना अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।