आज आईतबार तपाईको राशिफल

मिति २०८२ असार १५ गते ।
मेष : वाणी र सम्पर्कका माध्यमबाट प्रगति हुनेछ। अध्ययन–शिक्षण तथा लेखनमा उन्नति हुनेछ। यात्रा सफल बन्नेछ। आत्मीयजनसँग सम्बन्ध प्रगाढ बन्नेछ।

वृष : आर्थिक विषयमा सोच विचार गरेर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ। पारिवारिक दायित्व पूरा गर्न खटनुपर्ने समय हो। अनावश्यक खर्चबाट बच्न बुद्धिको प्रयोग गर्नु हितकर हुनेछ।

मिथुन : चन्द्रमा आफ्नै राशिमा रहेकाले मानसिक चञ्चलता बढ्न सक्छ। तर, वाणी र कार्यकुशलताले मन जित्ने समय हो। नयाँ काम सुरु गर्नु अघि गहिरो समीक्षा गर्नु बुद्धिमानी हुनेछ।

कर्कट : अन्तर्मुखी स्वभाव बढ्न सक्छ। विगतका अनुभवलाई आत्मसात् गर्दै निर्णय गर्नु उपयुक्त हुनेछ। सान्त्वना र समर्पणमा शक्ति छ। धार्मिक वा आध्यात्मिक क्रियामा रुचि बढ्न सक्छ।

सिंह : सामाजिक सम्बन्धहरू विस्तार हुनेछन्। समूहगत कार्यमा नेतृत्वको अवसर मिल्नेछ। परोपकार र सहकार्यमा सफलता पाइनेछ। केही मनोकामना पूर्ण हुने संकेत छन्।

कन्या : व्यावसायिक प्रतिष्ठा कायम राख्न प्रयत्नशील रहनु पर्नेछ। वरिष्ठसँग तालमेल आवश्यक हुनेछ। कर्तव्यमा निष्ठा राख्दा लाभ पाइनेछ। आत्मबलले कठिनाइ पार गर्न सकिने समय हो।

तुला : धार्मिक वा दर्शनिक चिन्तनतर्फ आकर्षण बढ्नेछ। शिक्षाको क्षेत्रमा विशेष सफलता मिल्ने समय हो। गुरु वा अभिभावकको सल्लाहले मार्गदर्शन पाउने संकेत छ।


वृश्चिक : आर्थिक व्यवहार र ऋण सम्बन्धी विषयमा सजग रहनु आवश्यक छ। भावना र यथार्थको सन्तुलन मिलाउन सकेमा धेरै कुरा सहज बन्नेछ। वाणीमा संयम आवश्यक छ।

धनु : साझेदारी वा वैवाहिक जीवनमा समन्वय आवश्यक पर्न सक्छ। परस्पर विश्वास र संवाद कायम राख्नुपर्छ। अदालत वा कानुनी विषयमा सतर्क रहनु उपयुक्त हुनेछ।

मकर : दैनिक कामकाजमा व्यवस्थित ढंगले अघि बढ्न सकिनेछ। स्वास्थ्यप्रति सजग रहनु पर्ने दिन हो। काममा दक्षता देखाउँदा सहकर्मीबाट प्रशंसा मिल्ने सम्भावना छ।

कुम्भ : प्रेम, सन्तान वा सिर्जनात्मक गतिविधिमा रुचि बढ्नेछ। कला, साहित्य वा मनोरञ्जनसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास बढ्ने समय हो।

मीन : पारिवारिक सद्भावमा बृद्धि हुनेछ। घरायसी विषयमा ध्यान दिनुपर्ने समय हो। भूमिसम्बन्धी वा सम्पत्तिको कार्यमा सफलता मिल्न सक्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799