उद्योग ब्यापार महासंघ तुलसीपुरले दर्ताकालागि विधान तयार गर्ने

तुलसीपुर, १४ असार । नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुरको दोस्रो नियमित बैठक शनिबार भएको छ । अध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा केन्द्रीय सदस्य मिनराज भण्डारीको प्रमुख आतिथ्यमा बैठक भएको हो ।

बैठकले संगठनको विधान निर्माण गरि सम्बिन्धित निकायमा दर्ता गर्ने निर्णय गरेको छ । जसका लागि अध्यक्ष वलीको नेतृत्वमा पाँच सदस्यीय विधान निर्माण समिति समेत बनेको छ । त्यस्तै सदस्यता विस्तारमा ध्यान दिने समेत बैठकको निर्णय रहेको छ ।

बैठकमा प्रमुख अतिथि भण्डारीले महासंघलाई दर्ता गरेर क्रियाशिल बनाउन सकेमा यसले ब्यबसायिक हकहितका लागि ठूलो भूमिका खेल्ने बताएका थिए । कार्यक्रममा कानुनी सल्लाहकार रामशरण चौधरी, सल्लाहकार लालबहादुर डाँगी, प्रदेश सदस्य कालु जैसी, इश्वरा रोका, प्रेस सल्लाहकार दीपक बोहरा, माओवादी केन्द्र तुलसीपुर ५ का अध्यक्ष भिमबहादुर खत्रीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


बैठकको सहजीकरण महासचिब कृष्ण पुनले गरेका थिए ।