
दंगीशरण, १३ असार ।
दंगीशरण गाउँआलिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्यायको ४५ करोड,११ लाख,४१ हजार रुपैया बरावरको मङ्गलवार पेश गरेको बजेट तथा कार्यक्रम कार्यक्रम विहिवार सर्वसम्मत पारित गरेको हो । मङ्गलवार गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सभा समक्ष प्रस्तुत गरेको बजेट तथा वार्षिक कार्यक्रम विहिवार १९ औं गाउँसभाको तेस्रो वैठकले सर्वसम्मत पारित गरेको हो ।
दंगीशरण गाउँपालिकाको १९ औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले सभासमक्ष प्रस्तुत गरेको आर्थिक ऐन २०८२,आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम, दंगीशरण गाउँपालिकाको विनियोजन ऐन २०८२ र दंगीशरण गाउँपालिकाको मटावा प्रणाली संरक्षण ,प्रवर्द्धन र विकास गर्न बनेको विधेयक विहिवार १९ औं गाउँसभाका अध्यक्ष गाउँपालिका अध्यक्ष शम्भु गिरीले निर्णयार्थ पेश गरेका बिधेयकहरु सर्वसम्मत पास भएका हुन ।
आइतबार गाउँसभाको अधिबेशनमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले १९५ बुदा समेटीएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । १९ औं गाउँसभाको दोस्रो बैठक मङ्गलवारबसी गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले वार्षिक बजेट तथा कार्यक्रम प्रसस्तु गरेकी थिइन ।



लाइभदाङ । १३ असार २०८२, शुक्रबार १४:११ बजे