खानेपानी निर्वाचन : पवन बुढाथोकी प्यानल भन्छ : भ्रष्टाचार विरुद्धको हाम्रो उम्मेदवारी

तुलसीपुर
१६ पुस /  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा पवनराज बुढाथोकीको प्यानले चुनाब प्रचारलाई तिब्र पारेको छ ।

शनिबार हुन लागेको चुनाबमा आफ्नो प्यानलले खानेपानीमा हुने गरेको भ्रष्टाचार विरुकालागि उम्मेदवार दिएको बताएको छ ।


अहिले खानेपानी संस्थामा चरम बेथिति देखिएको निष्कर्ष निकाल्दै आफूहरु यस्को विरुद्धमा उम्मेदवारी दिएको भन्दै मतदाताहरुसंग भोट मागिरहेको छ ।

अध्यक्षका उम्मेदवार बुढाथोकीसहित उपाध्यक्ष गिरीधारी पौडेल,कोषाध्यक्ष भोलाप्रसाद थापा र सदस्यमा शोविन्द्र चन्द चुनाबी मैदानमा छन् ।
साथै उनीहरुले आफूहरुलाई अमूल्य मत दिन पनि अनुरोध गरेका छन् ।