दंगीशरण गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

दंगीशरण, ६ असार ।
दाङको दंगीशरण गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेकोछ ।एक आर्थिक वर्षभरी गाउँपालिकाले प्रदान गरेको सेवा प्रवाह तथा सेवा प्रभावकारीताका बिषयमा सेवा प्रदायक र सेवाग्राहीविचको सम्बन्ध सुदृढ र सेवा गुणस्तरका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाले सम्पन्न गरेकोहो ।जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताप्रती जवाफदेही बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारीदिनुभयो ।

सार्वजनिक सुनुवाइका अवसरमा सेवाग्राहीले उठायका प्रस्न,गुणासो तथा सल्ला सुझावलाइ सम्बोधनगर्दै आफुहरु जतीसक्दो जनताको हक हितकालागी लागिपरेको बताउनुभयो ।नागरीकको सेवा प्रवाहका लागि र गाउँपालिकाबाट हुने हरेक कार्यसम्पादनको सवालमा सेवाग्राहीलाइ झन्झट नहुनेगरी सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सार्वजनिक सुनुवाइ ऐना भएकाले सेवाग्राही र सरोकारवालाबिच त्रैमासिक रुपमा सार्वजनिक सुनुवाइ हुनु आवस्यक रहेको बताउनुभयो ।

सोही अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले सार्वजनिक सुनुवाइको अवसरमा सेवाग्राही बाट उठेका जिज्ञासा तथा सल्लाह सुझावलाई सम्बोधन गर्दै सेवाग्राहीले दिएका सल्लाह सुझाव अनुरुप अगाडि बढ्ने प्रतीबद्दता ब्यक्त गर्नुभयो ।


सार्वजनिक सुनुवाइमा जिल्ला समन्वय सदस्य टोपाराम चौधरी,वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारी,वडा नं. ६ का वडा अध्यक्ष रोशन जंग शाह,वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी,लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो ।सार्वजनिक सुनुवाइमा सेवाग्राहीको तर्फबाट सुशील देवकोटा,भरत वली, हरीहर बुढाथोकी,शारदा घर्ती,ज्ञान बहादुर कवर ,पवित्रा डाङ्गी,इन्द्रलाल खत्री,लक्ष्मी भण्डारी,दिपक देवकोटा,लगायतले आ आफ्नो गुणासो सल्लाह,सुझाव र जिज्ञासा ब्यक्त गर्नुभएकोथियो ।

सार्वजनिक सुनुवाइ कार्यविधि अनुरुप सञ्चालन गर्दै मोबाइल एप्लिकेसन मार्फत गरिएको बहिरगमन अभिमत,नागरीक प्रतिबेदन पत्र ,र नागरीक अभिमत गरि ३ प्रकारले वडाका विभिन्न सेवाग्राहीहरुसङ्ग गरिएको सर्बेक्षण प्रतिवेदन समेत प्रस्तुत गरीएकोथियो । सो अवसरमा सरोकारवाला सवैको उपस्थिति रहेकोथियो ।

दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण बिनोद शर्माले गर्नुभएकोथियो ।