
तुलसीपुर , २८ चैत ।
नेकपा एमालेका सेल्टरदाता तुलसीपुर ४ खाद्रे निवासी स्वर्गिय प्रेम बहादुर थापाको सम्झनामा खाद्रे स्कुल चोकमा प्रतिक्षालय निर्माण हुने भएको छ । नेकपा एमाले तुलसीपुर ४ नम्वर वडा कमिटिले आज विहिवार थापाको पहिलो स्मृति दिवसका अवसर पारेर प्रतिक्षालय निर्माणको लागी शिलन्यास कार्यक्रम गरेको छ ।
वडा कमिटिका अध्यक्ष घन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले एक कार्यक्रमका बिच प्रतिक्षालयको शिलन्यास गर्नुभएको हो । नगरप्रमुख खड्काले प्रतिक्षालयको शिलन्यास गर्दै मुठ्ठीदान गरेर सबैले योगदान गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खड्काले थापाको स्मृतिमा उहाको चर्चा गर्दै सामाजिक कार्यका लागी आफुले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
स्वर्गिय थापाको पाटी प्रति महत्वपुर्ण योगदान रहेको भन्दै पछिल्नो पुस्ताहरुलाई परिचित बनाउनका लागी प्रतिक्षालय निर्माणको औचित्य हुने उहाको भनाई थियो । यसका लागी सबैले हातेमालो गरेर उहाको सम्झनामा प्रतिक्षालय निर्माण गर्नु राम्रो कार्य भएकोमा उहाले प्रशंसा समेत गर्नुभएको थियो । साथै उहाले प्रतिक्षालय निर्माण स्थल घोराही हापुर, रक्षाचौर आँखा अस्पताल सडक आयोजना अन्र्तगत सडक बाटो संग जोडिएको हुदा सडकको मापदण्डलाई ख्याल गरी निर्माण गर्न सुझाव समेत दिनुभयो ।



सो अवसरमा नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष तथा भुमी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष हुकुम बस्नेत, नेपाली कांग्रेस लुम्बिनी प्रदेस समिति सदस्य सोभाराम बुढाथोकीले स्वर्गीय थापाको चर्चा गर्नुभएको थियो । वडा कमिटिका उपसचिव जग बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लोकतान्त्रिक मगर संघ लुम्बिनी प्रदेशका सदस्य तथा स्वर्गीय थापाका भतिजा हेम बहादुर थापाले उहाको जीवनीबारे प्रकास पार्नु भएको थियो ।
पाटीद्धारा निर्माण हुन लागेको प्रतिक्षालयमा घरपरिवार ,सामाजिक संघसंस्थाहरुको पनि साथ र सहयोग हुने भएको छ । यस्तैगरी स्थानिय सरकार, पाटीका नेताहरु संग पनि सहयोगको अपेक्षा गरिएको जिल्ला सचिवालय सदस्य तथा निबर्तमान वडा अध्यक्ष बालकृष्ण राना ९धुव्र०ले बताउनु भएको छ । कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो ।
लाइभदाङ । २८ चैत्र २०८१, बिहीबार २१:३९ बजे