
तुलसीपुर, २ असार । लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई दुईसय सैया बनाउने नारा बर्षेनी दिइरहेको छ ।
विगत बर्ष पनि दुई सय सैयाकालागि भनेर बजेट बिनियोजन गरेको थियो । तर, न्यो न्यून बजेट थियो । त्यसले काम पनि हुन सकेन् । यस पटक पनि आगामी बर्षकालागि भनेर पाँच करोड छुट्याएको छ । त्यो बजेट अपुग रहेको भन्दै चौतर्फी विरोध हुने गरेको छ ।
ओएमएन सर्वेकालागि प्रदेश सरकारमा फाईल गएपनि कहिल्यै कुनै मन्त्रालय, कहिल्यै कुनै मन्त्रालयमा अड्किने गरेको छ । त्यसले गर्दा अहिले अस्पताल विकास समिति आफैले एकसय ४४ बेड चलाइरहेको छ ।
अनुमति भने ५० बेड मात्रै छ ।



लाइभदाङ । २ असार २०८२, सोमबार ०६:३१ बजे