सभामुख घर्ती मगरद्वारा भूमे पर्वको शुभकामना व्यक्त

देउखुरी, १ असार ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर, थारु र मधेशी समुदायको भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक पर्ने कानुन निर्माणमा प्रदेश सभा तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ ।

भूमे पर्वको अवसरमा आज बिहान सुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले विभेदमा पारिएका समुदायको भाषा, संस्कृति, लिपि, चाडपर्वको ऐतिहासिक तथा सांस्कृतिक पक्षको संवद्र्धन र प्रर्वद्धनमा समेत सबैको ध्यान दिन जरुरी रहेको जनाउनु भयो । ‘विगतमा राज्यद्धारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा सामाजिक न्याय सम्वन्धी नीति र कानुन निर्माणमा प्रतिवद्ध छ । यसको साथै लुम्बिनी प्रदेशमा मगर, थारु र मधेशी समुदायको भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक पर्ने कानुन निर्माणमा प्रदेश सभा हरदम तयार छ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

सांस्कृतिक भूमे पर्व बाह्र मगरात र अठार मगरात सभ्यता र मगर इतिहासका मगराती संस्कार र संस्कृतिहरु मध्ये अठार मगराती समुदायको मुख्य पर्व हो । मगर समुदाय मगरात भूमिको भूमिपुत्र हुनुको साथै प्रकृति पूजक समुदाय भएकाले यो पर्वलाई मुख्य पर्वको रुपमा मनाउदै आएको छ ।


लुम्विनी प्रदेशको रुकुम, रोल्पा, प्युठान र दाङका अठार मगरात क्षेत्रमा सामुहिक रुपमा बाजाको तालमा नाचेर यस पर्व धुमधामका साथ मनाईन्छ । यसको मुख्य केन्द्र रोल्पा जिल्लाको थवाङ्ग मिरुल, कुरेली, उवा र जेलवाङ्ग हुन भने पुर्वी रुकुम जिल्लाको महत, काक्री, तक, सेरा, हुकाम र मैकोट क्षेत्र पर्दछन् ।

‘नेपाल बहुभाषीक, बहुधार्मिक र बहुसाँस्कृतीक विविधतायुक्त मुलुक हो । सबै जातजाति भाषाभाषीहरुको आफ्नै मौलिक साँस्कृतीक रितिरिवाज र चाडपर्व छन ।’ शुभकामना सन्देशमा उल्लेख छ– ‘यस पर्वको मुख्य अर्थ मगरात गणराज्यको सामुहिक जीवनशैली र सामुहिक विचार नै हो ।’ पुर्खादेखि चलिआएको संस्कार, संस्कृति तथा परम्परालाई जोगाउनका लागी यस प्रकारको चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको समेत सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

उहाँले यो पर्वले अठार मगराती समुदायको मौलिक साँस्कृतीक पक्षको उजागर र प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ । साथै उहाँले यस पर्वको अवसरमा राजनीतिक परिवर्तन, आर्थिक संमृद्धि र साँस्कृतीक रुपान्तरणका लागि भएका विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा मगर समुदायले खेलेको भूमिकाको उच्च सम्मान व्यक्त गर्नु भएको छ ।