
दाङ, ३१ जेठ ।
दाङमा अबैध भरूवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका –३ लेखटापाका ४४ वर्षिय लुमबहादुर रावत रहेको प्रहरीले जनाएको छ ।
दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार रावतले अबैध भरूवा बन्दुक घरमै राखेको भन्ने सूचनाका आधारमा छापा मार्दा बन्दुक भेटिएपछि रावतलाई समेत पक्राउ गरिएको हो ।
उनलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको डिएसपी शाहले जानकारी दिएका छन् ।



लाइभदाङ । ३२ जेष्ठ २०८२, शनिबार १६:०८ बजे