
तुलसीपुर, ३१ जेठ ।
दाङमा सडक भासिदा टिप्पर पल्टिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भिटोरियाबाट ईट्टा लोड गरि रुकुम जादै गरेको ना १ क ९३२० नम्बरको टिप्पर ग्वारखोलामा पल्टिएको हो । कच्ची सडक भएकाले भासिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।
उनका अनुसार शनिबार ३ बजेतिर टिप्पर पल्टिदा चालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका ६ निवासी २५ बर्षीय सुदिप मोक्तान घाइते भएका छन् । उनको दाँया खुट्टामा चोट लागेको छ । त्यस्तै सोही ठाउँका सहचालक विशाल सुनार सामान्य घाइते भएका छन् ।



लाइभदाङ । ३२ जेष्ठ २०८२, शनिबार १६:३६ बजे