तुलसीपुरमा खुल्यो‘कंगारु एजुकेशन’

तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुरमा कंगारु एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । शुक्रवार फाउन्डेशनको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले गरेका हुन् । फाउन्डेशन सञ्चलालन भएसंगै तुलसीपुरबाटै सहजै सेवा हुने उनले बताए ।

कंगारुले अस्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, बेलायतलगायत देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श सेवा दिदै आएको छ । यसका लागि संस्था मार्फत अङ्ग्रेजी भाषा दक्षता परीक्षा तयारी आइल्स र पिटीइ कक्षाहरू सञ्चालन गरिएको छ । बुटवलदेखि पश्चिम नेपालमा पहिलोपटक आफ्नो सेवा सुरु गरेको कंगारुका तुलसीपुर शाखाका सञ्चालक प्रशील पौडेल (शेखर) ले बताए ।

उनका अनुसार कक्षा १२ पास गरेका विद्यार्थीले ६ हप्ताको आइल्स कोर्स पाँच हजार रुपैयाँमा पढ्न पाउनेछन् ।


आइल्समा ५÷५ देखि ६ र पिटीइमा ५२ देखि ५६ अंक ल्याउने विद्यार्थीहरू सजिलै विदेश अध्ययनको लागि छनोट हुने संस्थाले जनाएको छ । कंगारु १९ वर्षदेखि सञ्चालनमा आएको हो । यहाँबाट जाने विद्यार्थीहरूको लागि विदेशी शिक्षा प्रणाली, भाषा क्षमता, कोर्स छनोट, विश्वविद्यालय चयन, भिसा प्रक्रिया लगायतका सम्पूर्ण पक्षमा परामर्श प्रदान गरिनेछ ।

कंगारुका केन्द्रिय संस्थापक अध्यक्ष महेशबाबु तिमिल्सिनाले कंगारुले ९९ प्रतिशत विद्यार्थीलाई सफल बनाउन सफल भएको बताए । अब सल्यान, रोल्पा, रुकुम, प्युठानका विद्यार्थीहरूले पनि सेवा पाउनेछन् ।

कार्यक्रममा तुलसीपुर जेसिजका अध्यक्ष सन्दिप भुसाल, कंगारुका केन्द्रीय मार्केटिङ म्यानेजर राजिव बस्याल, बुटवल शाखाका डिरेक्टर दीपेश अर्याल, तुलसीपुर शाखाका म्यानेजर अजय रिजाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । तुलसीपुर ५ स्थ्ति बाहिनी चोकमा उक्त कार्यालय सञ्चालनमा आएको हो ।