
तुलसीपुर, २८ जेठ । दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै हातपात भएको छ । पालिकाले बुधबार विज्ञप्ति जारी गरि हातपात भएको जानकारी गराएको हो ।
बबई – ७ चरकमटियाका सुरेश हमालले आँफुमाथि एकाएक आएर हेलमेट प्रहार गरेको गाउँपालिका अध्यक्ष खत्रीले बताए । कार्यकक्षमै बसिरहेको समयमा हातपात रेको र कार्यकक्षमा रहेका सेवाग्राहीले बचाएको उनले बताए श्र हातपात हुँदा अध्यक्षमाथि चोट लागेको छ ।
अध्यक्ष खत्रीका अुनसार हमालले झारगजेरीमा गिट्टी बालुवा उत्खनन् गर्दै आएका थिए । त्यसलाई रोक्न खोज्दा आफूमाथि हातपात भएको उनको भनाई छ ।
यसैबीच बुधबार नै बबई गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रेमबहादुर डाँगीमाथि पनि हातपात भएको छ ।
सोही वडाको किउरेनी निवासी २५ बर्षीय प्रकाश बुढाथोकीले धारिलो हतियार प्रहार गरेको पालिका अध्यक्ष खत्रीले बताए । यी दुबै घटनाप्रति पालिकाले बिज्ञप्ति जारी गरि घोर भ्रत्सना गरेको छ ।



लाइभदाङ । २९ जेष्ठ २०८२, बुधबार २१:५० बजे